+
+

बालबालिकालाई तयारी प्याकेटको खाजा नखुवाउन विद्यालयलाई निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा)ले विद्यालयहरुलाई तयारी प्याकेटको खाजा बालबालिकाहरुलाई नखुवाउन निर्देशन दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १५:३३

२३ मंसिर, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा)ले विद्यालयहरुलाई तयारी प्याकेटको खाजा बालबालिकाहरुलाई नखुवाउन निर्देशन दिएको छ ।

केन्द्रले सबै स्थानीय तहहरुलाई निर्देशन दिँदै केही विद्यालयहरुले बजारबाट तयारी प्याकेटको खाजा खरीद गरी खुवाउने गरेको भन्ने जानकारी आएकाले त्यस्तो तयारी खाजा नखुवाउन निर्देशन दिएको हो ।

केन्द्रले सूचना जारी गर्दै सरकारको नीति विपरीत र बालबालिकाको स्वास्थ्य संवेदनशीलतामा असर पर्ने र स्थानीय कृषकको आय स्तरमा सुधार गर्ने समेत दिवा खाजाको लक्ष्य भएको उक्त क्षेत्रमा निरुत्साहन हुने कार्य नगराउन निर्देशन दिएको छ ।

यसका साथै स्थानीय स्तरमा उत्पादन भएका खाद्यवस्तुहरुको उपायोग गरी विद्यालयले साप्ताहिक रुपमा खाजा मेनु तयार गरेर मापदण्ड बमोजिम पकाएर ताजा सफा र सन्तुलित खाजा खुवाउने व्यवस्था गर्न समेत केन्द्रले निर्देशन दिएको छ ।

सकारले आर्थिक वर्ष २०७७/०७८देखि देशभरका सबै सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका बालबालिकाहरुको लागि दिवा खाजाको व्यवस्था गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?