+
+

सागरसँग प्रिज्माले मागिन् माफी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते ११:५३

२६ मंसिर, काठमाडौं । मोडल प्रिज्मा खतिवडा र हास्य कलाकार सागर लम्सालबीचको प्रेम चर्चा केही समयअघिसम्म खुबै चल्यो । अहिले भने यो जोडीको ‘ब्रेकअप’को चर्चा चलिरहेको छ ।

ब्रेकअपको चर्चापछि प्रिज्माले केही मिडियामा अन्तर्वार्ता पनि दिइन् । उनको अन्तर्वार्तापछि सागर लम्सालले सामाजिक सञ्जालमा निक्कै आलोचना भोग्नुपर्‍यो ।

सागरले अत्याधिक आलोचना भोगेपछि प्रिज्माले माफी मागेकी छन् । आफू अभिनित ‘छलछल’ बोलको गीत सार्वजनिक कार्यक्रममा प्रिज्माले भनिन्, ‘यो कुरा बुझ्नमा असमझदारी भयो । यसका लागि म सागर सर र उहाँका शुभचिन्तकसँग माफी माग्न चाहन्छु । म कोहीसँगको ब्रेकअपका कारण अन्तर्वार्ताहरुमा रोएकी थिइनँ । सागर सरसँग मेरो व्यक्तिगत सम्बन्ध केही पनि थिएनँ ।’

प्रिज्माले ब्रेकअपको समाचार सार्वजनिक भइरहँदा प्रिन्सी रोएको बेलामा गलत बुझाइका कारण सागरले गाली खानु परेको बताइन् । ‘यस्ता कुरालाई सागर सरले त सहजै लिनुहोला । तर, भोलि सागर सरको जीवनमा अर्कै घरको छोरीको आगमन होला,’ उनले भनिन्, ‘सागर सरलाई सहज लागेपनि उहाँको जीवनसाथीलाई असहज लाग्न सक्ला । यसैले पनि सागर सरलाई गाली नगरिदिनुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?