+
+

चुनाव हारे प्रधानमन्त्रीबाट हटाउँछन्, मलाई जिताउनुस् : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १३:०१

२६ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सभापतिमा पराजित भए सरकारबाट हटाउँछन् भन्दै जिताउन आग्रह गरेका छन् ।

आइतबार महाधिवेशन प्रतिनिधिहरुको एक शुभकामना आदान प्रदान कार्यक्रममा उनले पार्टी सभापति नजित्नेले के देश चलाउँछ भन्छ, के प्रधानमन्त्री बन्न सक्छ भन्ने प्रश्न उठ्ने भन्दै आफूलाई जिताउन आग्रह गरेका हुन् ।

‘अहिले पार्टी सभापति हारेको खण्डमा शेरबहादुरको नैतिकताले प्रधानमन्त्री बस्न नै पाइँदैन भनेर होहल्ला गर्नेवाला छन् सबैले । त्यसकारण पनि महाधिवेशनमा सभापति जित्नु आवश्यक छ । पार्टी सभापति जितेन भने पार्टी सभापति नजित्नेले के देश चलाउँछ भन्छ, के प्रधानमन्त्री बन्न सक्छ भन्छ’ उनले भने ।

आफू सभापतिमा निर्वाचित नभए प्रधानमन्त्रीबाट हटाउने पनि उनले बताए । ‘…मैले पार्टी सभापति जित्नु आवश्यक छ । नत्र भोलिपल्टै शेरबहादुर त हार्‍यो, हार्नेलाई के बनाउने भनेर प्रधानमन्त्रीबाट हटाउनेछन् । प्रधानमन्त्री हटेपछि के अवस्था हुन्छ थाहा छ ?’ उनले प्रश्न गरे ।

देउवाले आफूलाई महाधिवेशनमा जिताए सबैको माग पूरा गर्ने र नेपाली काँग्रेसलाई कुनै व्यक्तिको नभइ सबैको पार्टी बनाउने प्रतिवद्धतासमेत जनाए । प्रधानमन्त्री देउवाले देशमा प्रजातन्त्र भएमात्रै आफ्ना अधिकारको लागि लड्न सकिने भन्दै प्रजातन्त्र बिनाको देश कल्पना गर्न नसकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?