+
+

यो हो मुठीमै अट्ने विश्वको सबैभन्दा सानो हेलिकोप्टर, मूल्य डेढ करोड

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १३:५५

संसारमा एक से एक अब्बल हेलिकोप्टरहरु छन्ज समध्ये कतिको आकार कारजत्रै त कतिको ठूलो ट्रक जत्रो पनि हुन्छ । तर अहिले संसारमा एउटा यस्तो हेलिकप्टर जसको आकार केवल तपाइँको मुठ्ठीजत्रै छ । अझ अनौठो त के भने यो मुठ्ठीभरको हेलिकप्टरको मूल्य चाहीँ वास्तविक हेलिकप्टर जत्ति नै छ ।

यो विचित्रको हेलिकप्टरको आकार मुठ्ठीमा अट्ने भएपछि यसको काम मान्छे बोक्ने त नहुने नै भयो । वास्तवमा यसको काम निगरानी गर्नु हो ।

संसारकै सानो यो हेलिकप्टरको नाम PD-100 Black Hornet हो । संवेदनशील तथा उच्च प्राथमिकता प्राप्त अभियानमा सेना तथा प्रहरीहरूलाई निगरानी तथा जासूसी सहायता प्रदान गर्नका लागि यो हेलिकप्टरको डिजाइन गरिएको हो । यो हेलिकोप्टरको लम्बाई १० सेन्टिमिटर र चौडाई २.५ सेन्टिमिटर छ ।

वास्तवमा यो रिमोटबाट नियन्त्रित हुने ड्रोन हो जो अग्रपंक्तिमा खटिने सैनिकहरुको ज्यान जोगाउने उद्देश्यका साथ डिजाइन गरिएको छ । आफ्नो लडाकु भूमिकाको अलावा पीडी १०० ब्लाक हर्नेनको प्रयोग विपद प्रभावित क्षेत्रमा नागरिकको खोजी तथा बचाउ कार्यमा पनि गनृ सकिनेछ ।

नर्वेस्थित Prox Dynamics कम्पनीले यो हेलिकप्टर ड्रोन तयार गरेको हो । यसको प्रयोग अमेरिका, फ्रान्स, बेलायत, जर्मनी, अष्ट्रेलिया, टर्की, नर्वे, नेदरल्याण्ड, पोल्याण्ड, न्यु जिल्याण्ड तथा भारतलगायतका देशका सैनिकले गर्ने गरेका छन् ।

यो हेलिकप्टर सञ्चालनका लागि अपरेटरलाई २० मिनेटमै तालीम प्रदान गर्न सकिन्छ । यो हेलिकोप्टर ड्रोनमा तीनवटा क्यामरा छन् । एउटा अगाडितर्फ, अर्को सिधै तलतर्फ र तेेश्रो तलतर्फ ४५ डिग्रीको कोणमा निगरानी गर्नेगरी क्यामरा सेटअप गरिएको छ । अर्थात् यो ड्रोनका क्यामराको नजरबाट करीब कुनै पनि हिस्सा बँच्न सक्दैन ।

ब्लाक हर्नेट हेलिकप्टरको प्याकेज खरीद गर्दा दुईवटा यस्ता हेलिकप्टर पाइन्छ । हेलिकप्टरलाई पूरा चार्ज गरेपछि आधा घण्टासम्म हावामा उडाउन सकिन्छ । यो हेलिकोप्टरको गति २१ किलोमिटर प्रतिघण्टा रहेको छ ।

मूल्यको कुरा गर्दा चिज मुठ्ठीभरको भएपनि यसको मूल्य चाहीँ करीब डेढ करोड रुपैयाँ बराबर पर्दछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?