 
																			२६ मंसिर, काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय सह-महामन्त्रीमा मनोनयन दर्ता गराएका सुरेन्द्र चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । चौधरीले थारु कोटातर्फबाट शनिबार मनोनयन दर्ता गराएका थिए ।
आफू काम गरेको एशोसिएशनबाट अलग्गै हुँदा गाह्रो पर्ने भएकाले उम्मेदवारको सूचीबाट नाम हटाइदिन उनले आग्रह गरे। उनले शेरबहादुर देउवाको प्यानललाई नै समर्थन गर्ने बताए । यसअघि एकजना सह-महामन्त्रीका लागि चार जनाले उम्मेदवारी दिएका थिए ।
कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिबार उम्मेदवारी दर्ता भएको थियो । उम्मेदवारहरुको मनोनयन फिर्ता लिने समय आज बिहान ११ बजेसम्म भएनिए पनि १२:३० बजे अन्तिम नामावली प्रकाशन गरिएको थियो । सोमबार बिहान आठ बजेदेखि मतदान गर्ने निर्वाचन तालिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4