+
+

हरर फिल्म हेरेकै छैन, राति ऐना पनि हेर्न सक्दिनँ : उषा रजक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १३:५२

२६ मंसिर, काठमाडौं । करिब आठ वर्षअघि अभिनेत्री उषा रजकले ‘कथा’ नामक चलचित्रमा काम गरेकी थिइन् । उषाले ‘कुसुमे रुमाल २, कथा, इकु’ लगायतका चलचित्रमा काम गर्दा राम्रै चर्चा पनि पाइन् । तर, चलचित्र क्षेत्रमा खासै सफल हुन नसकेपछि उषा विदेशतर्फ लागिन् ।

उनी लामो समयपछि चलचित्र ‘कठपुतली’बाट कमब्याक गर्दैछिन् । हरर जनराको यो चलचित्रमा काम गर्न पाउँदा उषा उत्साहित छन् । उनी भन्छिन्, ‘मलाई भूतप्रेतसँग एकदमै डर लाग्छ । मैले आजसम्म हरर चलचित्र नै हेरेकी छैन । म राति त ऐनामा आफ्नो अनुहार समेत हेर्दिनँ ।’

सन् २०१८ मा यूएनडीपीमा काम गर्दा आफूलाई यो चलचित्रको अफर आएको भन्दै उनले भनिन्, ‘म विदेश छाडेर नेपाल आएकी हुँ । यसपछि मलाई फेरि विदेश जानु परेको छैन । किनकि, नेपाली चलचित्र क्षेत्रको विकास पनि राम्रोसँग भइरहेको छ । कलाकारहरु यो क्षेत्रमा काम गरेर नै जीवन जिउन सक्ने भएका छन् ।’

उषाले अब आफू निरन्तर यो क्षेत्रमा लाग्ने बताइन् । उनले अगाडि भनिन्, ‘यो चलचित्रमा मलाई लेखिका सम्पदा मल्लले अनुबन्धित गरेकी हुन् । यसअघि मलाई पुरुष मेकरले अनुबन्धित गर्नुहुन्थ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?