काठमाडौं । अग्नीग्रुपले डडेल्धुरामा महिन्द्राका गाडीहरुको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार सञ्चालनमा ल्याइएको शोरुमबाट आफ्ना ग्राहकहरुलाई पूर्ण सुविधा उपलब्ध गराउने छ ।
डडेल्धुराको कीर्तिपुरमा शनिबार स्थापना गरिएको शोरुमको अग्नीग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अमरगढी नगरकी उपप्रमुख संगीता भण्डारीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
कार्यक्रममा प्रबन्ध निर्देशक श्रेष्ठले उपभोक्ताको आवश्यकता अनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउन कम्पनी केन्द्रीत रहेको बताए । महिन्द्राको सबै बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण उपभोक्ताहरुले सन्तुष्टि पाइरहेको उनको भनाइ थियो ।
अग्नीग्रुपको डडेल्धुरा बिक्रेता साइपाल अटोमोबिल्स् प्रालिका प्रबन्ध निर्देशक ज्ञानेन्द्र साउदले ग्राहकहरुलाई महिन्द्रा अटो मोबाइल्सका सबै श्रृङ्खलाका उत्पादनहरू जस्तैः स्कर्पियो, बलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १००, थार आदि बिक्री (सेल्स), उत्कृष्ट सेवा र सक्कली स्पेयर पार्टस्को लाभ उपलब्ध गराउन समर्पित हुने बताए ।
यो शोरुमबाट महिन्द्राका सबै उपयोगी सवारी साधनहरू, एसयूभीहरू, पिकअपसहितका सबै उत्पादनहरू उपलब्ध हुने कम्पनीले जनाएको छ ।
अग्नीग्रुपले डोटीस्थित दिपायलमा पनि महिन्द्राका नयाँ शोरुम स्थापना गरेको छ । दक्षिणकाली मोटर कोर्प प्रालिमा स्थापना गरिएको शोरुमको अग्नीग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठ र दक्षिणकाली मोटर कोर्प प्रालिका प्रबन्ध निर्देशक नविन जोशीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4