
२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले पार्टी सभापतिमा चुनाव हारे आफूलाई प्रधानमन्त्रीबाट हटाउने शेरबहादुर देउवाको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको बताएका छन् ।
पार्टीमा नेतृत्व परिर्वतन हुने, तर गठबन्धन सरकार अझ दरिलो भएर जाने उनले बताए ।
आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापतिका उम्मेदवार कोइरालाले आफूहरुले पार्टीमा नेतृत्वका लागि स्वस्थ प्रतिस्पर्धा गरेको बताए । उनले भने, ‘उहाँले जुन कुरा बोल्नुभयो, यो अन्त्यन्त गैरजिम्मेवार कुरा बोल्नुभएको छ ।’
कोइरालाले अघि भनेका छन्, ‘म त अझ के भन्छु भने नेतृत्व परिर्वतन हुन्छ, हुन्छ हुन्छ । तर त्यो नेतृत्व परिर्वतनले गठबन्धन सरकार अझ दरिलो भएर जान्छ । हामी उहाँहरु जस्तो गैरजिम्मेवार भएर काम गर्न चाहँदैनौं, गर्दा पनि गर्दैनौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4