+
+

दर्शकले नम्रतालाई भिडियोमा कति रुचाए ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २५ गते १०:३८

नायिका तथा मोडल नम्रता सापकोेटा चलचित्रसँगै म्युजिक भिडियोमा पनि व्यस्त छिन् । उनले लकडाउनपछि पनि केही म्युजिक भिडियोमा काम गरेकी छन् । जसमध्ये नम्रताका केही भिडियोलाई दर्शकले रुचाएका छन् भने केही भिडियोमा दर्शकको खासै मन गएन । यसैबीच नम्रताको मुख्य भूमिका रहेको ‘के छ तिम्रो विचार’ बोलको गीत सार्वजनिक भएको छ ।

मेलिना राई र कृष्ण काफ्लेको स्वरमा समावेश यो गीतमा दीपकराज थापाको शब्द, सोनाम बज्यूको संगीत छ । भिडियोमा नम्रताको जोडीको रुपमा दिनेश काफ्लेले काम गरेका छन् । शिशिर खातीले निर्देशन गरेको भिडियोमा सुशान प्रजापतिको छायांकन, मनोज कार्कीको सम्पादन छ ।

नायिका नम्रता सापकोटाले दर्शकले यो भिडियोलाई पनि रुचाउने विश्वास व्यक्त गरिन् । उनले अब आफू चाँडै नै चलचित्रको छायांकनमा व्यस्त हुने पनि जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?