
२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिहरुलाई स्यानिटाइज गरेर मात्रै मतदान स्थलमा प्रवेशको व्यवस्था मिलाइएको छ । मोहन बस्नेत नेतृत्वको स्वास्थ्य समितिले स्यानिटाइजर छर्किने सेन्सरसहितको मेसिनको व्यवस्था मिलाएको छ ।
मतदान गर्न जानुअघि हरेक महाधिवेशन प्रतिनिधिहरु सोही मेसिन हुँदै जानुपर्ने छ । प्रतिनिधिहरु सो मेसिन अगाडि उभिंदा सो मेसिनले शरीरमा स्यानिटाइजर छर्किने छ ।
मतदानका लागि ४ हजार ७ सय ४३ जना प्रतिनिधिहरुको नामावली सार्वजनिक भएको छ । प्रतिनिधिहरु भोट खसाल्ने लाइनमा उभिएका छन् । बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान मतपत्र प्रकाशनमा ढिलाइ भएकाले निर्धारित समयमा सुरु हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4