+
+

मतदान गर्न बुथमा छिर्नुअघि प्रतिनिधि भेट्दै देउवा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १५:४४

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सोमबार मतदान भइरहेको छ ।

सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धी छन् । सोमबार मतदान भइरहँदा सभापतिका उम्मेदवार देउवा मतदातालाई भेट्न पुगेका छन् ।

राष्ट्रियसभा गृहमा राखिएको मतदान केन्द्रमा प्रतिनिधिहरु मतदान गर्ने गोप्य कक्षमा प्रवेश गर्ने ठाउँमा कुर्सी राखेर बसेका छन् ।

लामो लाइनमा बसेका मतदाता मतपत्र लिएर गोप्य कक्षमा पुग्ने बेलामा भेट हुने गरी उनी मतदान केन्द्रमा बसेका छन् । सोमबार मतदान शुरु हुनेवित्तिकै मतदान गरेका देउवा दिउँसो फर्किएर पुनः मतदान केन्द्रमा आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?