+
+

‘चपली हाइट ३’ दुई साता पछि सर्‍यो, अब पुस १५ मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १६:२४

२७ मंसिर, काठमाडौं । दक्षिण भारतीय (साउथ) चलचित्र ‘पुष्पा’ आएको खण्डमा आफूले चलचित्र नै रिलिज नगर्ने बताउँदै आएका निर्माता अर्जुन कुमारले अन्ततः ‘चपली हाइट ३’को प्रदर्शन मिति सारेका छन् । अर्जुनले अनलाइनखबरसँग कुरा गर्दै चलचित्रको प्रदर्शन मिति दुई साता पछि सारेको जानकारी दिए ।

अब यो चलचित्र पुसको १५ गते रिलिज हुने भएको छ । ‘चपली हाइट ३’ पुस २ गतेबाट रिलिज हुने तयारीमा थियो । तर, यो मितिमा अंग्रेजी चलचित्र ‘स्पाइडर म्यान’ र साउथको हिन्दी डब चलचित्र ‘पुष्पा’ रिलिज हुने भएपछि निर्माता अर्जुन कुमार पछि हटेका हुन् । सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको यो चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतम लगायतका कलाकारको अभिनय छ ।

निकेश खड्काले निर्देशन गरेको ‘चपलीहाइट ३’ले नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?