+
+

एनएमबी बैंकद्वारा भिकेवाईसी सेवा सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १८:२१

काठमाडौं । एनएमबी बैंकले भिडियो केवाईसी (भिकेवाईसी) सेवा सञ्चालनमा ल्याएको छ । उक्त योजना अन्तर्गत भिडियो कलमार्फत ५ मिनेटमै स्वदेश तथा विदेशमै रही खाता खोली कारोबार गर्न एवं केवाईसी विवरणहरू अपडेट गर्न सकिने छ । भिकेवाईसीको लागि https://vcc.nmb.com.np क्लिक गर्न सकिने छ ।

उक्त योजना अन्तर्गत ओम्नी च्यानल (मोबाइल, इन्टरनेट बैंकिङ) मार्फत गरिने पहिलो कारोवार जस्तै दैनिक उपभोग्य बस्तु खरिद, बिद्यायलको शुल्क, टप अप लगायतमा २ हजार ५ सय वा १० प्रतिशतसम्म छुट प्रदान गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ परम्परागत उपयोगको परिधि भन्दामाथि उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ गतिविधिहरु सञ्चालन गर्न सक्ने बैंकले जनाएको छ ।
एनएमबी बैंकले हालसम्म देशभरि २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?