+
+

अनेरास्ववियूको एप्स सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १८:४९

२७ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले एप्स सार्वजनिक गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले अनेरास्ववियूको एप्स सार्वजनिक गरे ।

अनेरास्ववियूका महासचिव आरती लामाका अनुसार, एप्समा संगठनको क्रियाशील सदस्यता विवरण, संगठनका गतिविधि लगायत समावेश गरिएको छ ।

माक्र्सवादी शैक्षिक सामग्री र एकीकृत समाजवादीले प्रकाशन गर्ने अध्ययन सामग्री समेत एप्समा राखिने महासचिव लामाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?