
२७ मंसिर, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले गोल गर्न नसकेको चार खेल पुगिसकेको छ ।
सोमबार भएको चौथो चरणको अन्तिम खेलमा जावलाखेलले ब्रिगेड ब्वाईज क्लब (बीबीसी)सँग गोलरहित बराबरी खेल्दै चौथो खेलपछि यस सिजन अंकको खाता खोलेको छ ।
यसअघि लगातार तीन खेल हारेको जावलाखेलले पहिलो बराबरीपछि १ अंक जोडेको छ। लिग खेलिरहेको १४ क्लबमध्ये जावलाखेल यस सिजन गोल नगर्ने एक्लो क्लब हो।
बीबीसीको भने यो दोस्रो बराबरी हो। चार खेलपछि ब्रिगेडले ५ अंक जोडेको छ। त्रिपुरेश्वरस्थपत दशरथ रंगशालामा जावलाखेलले खेलको १५औ मिनेटमा गोल गर्ने राम्रो अवसर बनाएको थियो।
तर जावलाखेलका ओङ्गुना जुनियरले बीबीसीका गोलकिपर एन्जल श्रेष्ठ अघि बढेको मौकामा पेनाल्टी बक्सको ठिक बाहिरबाट हानेकाे भलि प्रहार ड्रप हुँदै पाेष्ट माथिबाट बाहिरिएको थियो। यो नै जावलाखेलले खेलमा पाएको सबैभन्दा राम्रो अवसर थियो।
त्यसबाहेक पनि जावलाखेलले खेलमा लगातार गाेलका लागि आक्रमण गरेपनि फिनिसिङमा सफल हुन सकेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4