+
+

भारतको श्रीनगरमा प्रहरी सवार बसमा आक्रमण, २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते ७:१०

२८ मंसिर, काठमाडौं । जम्मु–कश्मीरको श्रीनगरमा भारतीय प्रहरी सवार बसमा आक्रमण हुँदा दुई जनाको मृत्यु भएको छ । आक्रमणमा १२ जना घाइते भएका छन् ।

ड्युटी सकेर क्याम्पमा फर्किंदै गर्दा श्रीनगरको जेवन पान्था चोक नजिक सोमबार साँझ आक्रमण भएको थियो । प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार तीन जना बन्दुकधारीले गोली चलाएका थिए । सो बसमा नवौ बटालियनका प्रहरी जवानहरु सवार थिए ।

कश्मीर प्रहरीले यसलाई आतंकवादी आक्रमण भनेको छ । आक्रमणकारी भने अँध्यारोको फाइदा उठाएर भागेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?