+
+

चीनमा पनि भेटियो ओमिक्रोन भेरियन्ट

चीनमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको पहिलो संक्रमण पुष्टि भएको छ । उत्तरी शहर तियानजिङमा पहिलो संक्रमित फेला परेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १२:२९

२८ मंसिर, काठमाडौं । चीनमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको पहिलो संक्रमण पुष्टि भएको छ । उत्तरी शहर तियानजिङमा पहिलो संक्रमित फेला परेका हुन् ।

विदेशबाट आएका एक व्यक्तिमा डिसेम्बर ९ गते ओमिक्रोन पुष्टि भएको चिनियाँ अधिकारीले बताएका छन् । हाल क्वारेन्टाइनमा राखेर संक्रमित व्यक्तिको उपचार भइरहेको छ ।

पूर्वी प्रान्त झेजियाङमा पछिल्ला हप्ता डेल्टा भेरियन्टका संक्रमित बढिरहेको देखिन्छ । डेल्टा भेरियन्टको बढ्दो संक्रमणसँगै ओमिक्रोन भेटिएपछि कोभिड संक्रमण शून्यमा झार्ने चिनियाँ रणनीतिसामु ठूलो चुनौती खडा हुन सक्ने बताइएको छ ।

पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान गरिएको ओमिक्रोन चीनसहित हालसम्म ६० भन्दा मुलुकमा फैलिइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ‘चिन्ताजनक भेरियन्ट’ भनिसकेको ओमिक्रोनबाट बेलायतमा एकजनाको मृत्यु भएको छ ।

यसैबीच, डब्ल्यूएचओले ओमिक्रोन भेरियन्टले उच्च जोखिम सिर्जना गरेको बताएको छ । यो भेरियन्ट भेरियन्टले विश्वभर जोखिम निम्त्याउन सक्ने र केही प्रमाण हेर्दा खोपको प्रभावकारिता छल्न सक्ने देखिएको डब्ल्यूएचओको भनाइ छ ।

ओमिक्रोन कति संक्रामक छ, यसले संक्रमितलाई गम्भीर अवस्थामा पुर्‍याउँछ वा पुर्‍याउँदैन र खोपले काम गर्ने वा नगर्नेबारे अझै पूर्ण विवरण आइसकेको छैन । तर प्रारम्भिक प्रमाणले डेल्टाभन्दा कम संक्रामक देखिएको, यसका लक्षण सामान्य रहेको र खोपको बुस्टर डोजले काम गर्न सक्ने देखाउँछन् । सीएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?