+
+

इङल्याण्डमा मंगलबारदेखि ‘कोभिड पास’ लागू

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १३:४९

२९ मंसिर, काठमाडौं । बेलायतका सांसदले कोभिड-१९ महामारीसँग जुध्नका लागि ल्याइएका थप प्रतिबन्धात्मक नियमको पक्षमा मतदान गरेका छन् ।

संसदमा मंगलबार सम्पन्न मतदानमा नयाँ प्रतिबन्धात्मक नियमअन्तर्गत इङल्याण्डमा अनिवार्य कोभिड पासको व्यवस्था गर्नुपर्ने पक्षमा अत्यधिक मत अर्थात् ३६९ मत खसेको छ । जबकि, विपक्षमा १२६ मत मात्रै परेको थियो ।

विपक्षमा मत हाल्नेमध्ये प्रधानमन्त्री बोरिस जोनसनको कन्जर्भेटिभ पार्टीका ९९ सांसद थिए । तर लेबर पार्टी पक्षमा उभिएपछि कोभिडसम्बन्धी नयाँ प्रतिबन्धात्मक नियम पारित भएको हो ।

मंगलबारदेखि लागू हुने नयाँ नियमअनुसार इङल्याण्डका नाइट क्‍लब, ठूला खेदकूद प्रतियोगिता वा कार्यक्रममा सहभागी हुँदा कोभिड पास देखाउनु पर्ने हुन्छ । अर्थात् ४ हजार मानिस उभिएर सहभागी हुने वा १० हजार मानिस बसेर सहभागी हुने जुनसुकै कार्यक्रममा प्रवेश गर्नका लागि ‘कोभिड पास’ देखाउनु पर्ने हुन्छ । ५ सयभन्दा बढी मानिस सहभागी हुने बन्द स्थलभित्रका कार्यक्रमको हकमा समेत कोभिड पास लागू हुने छ ।

त्यस्तै, बन्द स्थलमा हुने अधिकांश कार्यक्रममा अनिवार्य मास्क लगाउनुपर्ने नियम समेत भारी मतले पारित भएको बीबीसीले जनाएको छ । इङल्याण्डका राष्ट्रिय स्वास्थ्य सेवाका कर्मचारीले अनिवार्य खोप लगाउने नियम पनि पारित भएको ।

यसबाहेक, कोभिडको पूर्ण खोप लगाएका तर संक्रमितको सम्पर्कमा आएका व्यक्ति सेल्फ(आइसोलेशन बस्नुपर्ने नियम हटाएर नियमित कोभिड परीक्षण गर्नुपर्ने नियम लागू गरिएको छ ।

विशेषगरी कोभिड पास अर्थात् ठूला कार्यक्रममा प्रवेश गर्नुपूर्व १८ वर्षका माथिका व्यक्तिले दुई पटक खोप लगाएको हुनुपर्ने र ४८ घण्टाभित्रको नेगेटिभ पीसीआर रिपोर्ट देखाउनुपर्ने व्यवस्थालाई लिएर पार्टीभित्रै जोनसनको व्यापक विरोध भएको थियो ।

तर पछिल्लो समय कोभिड(१९ का संक्रमित ह्वात्तै बढेको र ओमिक्रोन फैलिन थालेपछि जोनसनले नयाँ नियम लागू गर्नुपर्ने बताउँदै आएका थिए ।

केही समययता बेलायतमा कोभिड संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेको छ । मंगलबार ५९ हजार ६१० जना नयाँ संक्रमित थपिएका थिए ।

नयाँ ओमिक्रोन भेरियन्ट पनि फेलिइरहेको छ । मंगलबार ६३३ जना नयाँ संक्रमित थपिएसँगै ओमिक्रोनका संक्रमितको संख्या ५ हजार ३४६ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?