
१ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदको मतपरिणाममा शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदारले असहमति जनाएका छन् ।
शेखर कोइराला पक्षका धनराज गुरुङसँग दुई मतान्तरले पराजित भएको जानकारी पाएपछि उनले आफू मतगणना स्थलमा नै आउने भनी आफ्ना प्रतिनिधिलाई जानकारी गराएका छन् ।
निर्वाचन समिति स्रोतका अनुसार गच्छदार मतगणनास्थल पार्टी कार्यालयमा आउँदै गरेकाले मत परिणामको आधिकारिक घोषणा गरिएको छैन । यसअघि मतगणना सकिएपछि निर्वाचन समितिले उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएको भनी अनौपचारिक रुपमा जानकारी गराएको थियो ।
उम्मेदवारले पाएको मत भने सार्वजनिक गरिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4