+
+

कांग्रेस महामन्त्रीमा गगनको अग्रता, विश्वप्रकाशले महत र पौडेलसँग मतान्तर बढाए

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १३:१२

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला समूहबाट उम्मेदवार बनेका गगन थापाले अग्रता कायमै राखेका छन् । दोस्रो स्थानमा प्रकाशमान सिंह समूहका विश्वप्रकाश शर्मा रहेका छन् ।

दोस्रो स्थानमा रहेका शर्माले तेस्रो र चौथौ स्थानमा रहेका शेरबहादुर देउवा समूहका उम्मेदवार प्रकाशशरण महत र प्रदीप पौडेलसँगको मतान्तर फराकिलो बनाएका छन् ।

शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका गगन थापा सबैभन्दा अगाडि हुँदा सोही प्यानलका अर्का उम्मेदवार मिनेन्द्र रिजाल भने पाँचौ स्थानमा छन् ।

२१३० मत गणना हुँदा गगन थापाले सबैभन्दा बढी १३८५ मत पाएका छन् । विश्वप्रकाश शर्माले ८५१ मत पाएका छन् । प्रकाशशरण महतले ६९८, प्रदीप पौडेलले ६२१ र मिनेन्द्र रिजालले ३६५ मत पाएका छन् ।

विमलेन्द्र निधिको समूहका उम्मेदवार डाक्टर राजाराम कार्कीले भने ५९ मत मात्रै पाएका छन् ।

पहिलो र दोस्रो हुने दुई जना कांग्रेस महामन्त्रीका लागि निर्वाचित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?