+
+

महामन्त्री मतगणना : गगनसँगै विश्वप्रकाश पनि जिततर्फ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १४:२७

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्मा जिततर्फ अघि बढेका छन् ।

३८९० मत गणना हुँदा गगनले २५१२  र विश्वप्रकाशले १५९७ मत पाएका छन् । महामन्त्री पदका अरु उम्मेदवार डा. प्रकाशशरण महतले १२९२, प्रदीप पौडेलले ११६१, डा. मिनेन्द्र रिजालले ६७९ र राजाराम कार्कीले ८८ मत पाएका निर्वाचन समितिले जनाएको छ । कांग्रेसमा दुई महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

कांग्रेस महाधिवेशनमा करिब ४६५० मत खसेको थियो । अब करिब १२ सय मत गन्न बाँकी छ ।

महामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट डा. प्रकाशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की उम्मेदवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?