+
+

सहमहामन्त्रीको मतगणना : डिना, मानबहादुर र भीष्मराजलाई अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते २०:२३

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको तीन क्लस्टरको सहमहामन्त्रीको मतगणना अहिले भइहेको छ । महिला, दलित र आदिवासी जनजातितर्फको सहमहामन्त्री पदको मत गणना भइरहँदा सभापति शेरबहादुर देउवाको प्यानलका उम्मेदवारहरुले अग्रता लिएका छन् ।

महिलातर्फ १,५०४ मतको गणना भएको छ, जसमा महालक्ष्मी उपाध्याय डिनाले ८०६ मत पाउँदा कमला पन्तले ६८३ मत पाएकी छन् ।

दलिततर्फ १,७८० मत गणना हुँदा मानबहादुर विश्वकर्माले ८३९ मत पाएका छन् । जीवन परियारले ८३१ र गंगा सुनारले ७० मत पाएका छन् ।

आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बेले ५१८ मत पाउँदा विकास लामाले ३५७ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?