+
+

वैदेशिक रोजगारीमा जानेलाई जोनसन खोप दिनेबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते २१:१०

१ पुस, काठमाडौं । जर्मनीले कोभ्याक्स सुविधा अन्तर्गत उपलब्ध गराएको जोनसन एण्ड जोनसन खोप वैदेशिक रोजगारीमा जानेहरुलाई दिने विषयमा छलफल भएको छ ।

जर्मनीले ४१ लाख ४२ हजार २५० डोज खोप बिहीबार मात्र नेपाललाई उपलब्ध गराएको छ । जसमध्ये १९ लाख ६५ हजार ६ सय डोज मोडेर्ना र २१ लाख ७६ हजार ६५० डोज जोनसन एण्ड जोनसन खोप छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोडेर्ना खोप १२ वर्षदेखि १८ वर्षमुनिका बालबालिकालाई दिने निर्णय गरिसकेको छ र पुस ४ गतेदेखि ५७ जिल्लामा खोप अभियान सञ्चालन हुनेछ ।

तर एक डोज मात्रै लगाए पुग्ने जोनसन एण्ड जोनसन खोप पनि वैदेशिक रोजगारीमा जानेलाई दिने विषयमा प्रारम्भिक छलफल भएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जानाकरी दिइन् ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लाल पनि जोनसन खोप कुन समूहलाई दिनेभन्ने प्रारम्भिक छलफल भएको बताए । डा. लालले अनलाइनखबरसँग भने, ‘वैदेशिक रोजगारीमा तत्काल जानेलाई दोस्रो डोज खोप लगाउन समय कम हुने रहेछ ।’

‘वैदेशिक रोजगारीमा जाने धेरै मुलुकमा जोनसन खोपलाई मान्यता पनि दिइएको रहेछ । त्यसैले यो समूहलाई खोप उपलब्ध गराउन धेरैको माग छ । अरु खोप लगाएर जाँदा क्वारेन्टिनमा बस्नु पर्ने बाध्यताका कारण बढी खर्च पनि हुनेरहेछ । त्यसैले वैदेशिक रोजगारीमा जानेलाई दिने कि भन्ने प्रारम्भिक छलफल भएको छ । औपचारिक निर्णय भने राष्ट्रिय खोप सल्लाहकार समितिसँग छलफल गरेर मात्रै गर्छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?