
२ पुस, काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उमाकान्त चौधरीको निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा तेजुलाल चौधरीलाई पराजित गर्दै उमाकान्त निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार उमाकान्त चौधरीले २७६२ पाए भने तेजुलाल चौधरीले १८७७ मत पाएका छन् । कुल ४६९६ मत खसेको थियो भने ५७ मत बदर भएको थियो ।
उमाकान्त चौधरी देउवा पक्षका हुन् भने तेजुलाल चौधरी डा. शेखर कोइराला पक्षका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4