+
+

खुला केन्द्रीय सदस्यमा शशांक कोइरालाको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३ गते १४:३०

३ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार खुलातर्फको ३५ केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ ।

पार्टी कार्यालय सानेपामा पहिलो १०० मत गन्दा सबैभन्दा धेरै  मत डा. शशांक कोइरालाले पाएका छन् । उनले ५३ मत पाएका छन् । १३ औं महाधिवेशनबट महामन्त्रीमा निर्वाचित कोइराला १४ औं महाधिवेशनमा सभापति पदको आकांक्षी थिए । तर अन्तिममा केन्द्रीय सदस्यमा उम्मेदवारी दिए । उनलाई शेरबहादुर देउवाले पनि आफ्नो प्यानलमा राखेका थिए ।

दोस्रो स्थानमा रहेका उदयशम्शेर राणाले ४४, रामहरि खतिवडाले ४३, रमेश लेखकले ४२ र एनपी साउदले ३७ मत पाएका निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । कांग्रेसमा खुलातर्फबाट ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुन्छन् । ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् ।

कांग्रेसको हालसम्म पदाधिकारी र मधेसीतर्फको केन्द्रीय सदस्यको मात्र नतिजा आएको छ । खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना शनिबार साँझसम्म सक्ने निर्वाचन समितिको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?