+
+

फिलिपिन्समा विनाशकारी आँधी, ७५ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते ११:५०

४ पुस, काठमाडौं। फिलिपिन्सको दक्षिणी एवं मध्य क्षेत्रमा आएको शक्तिशाली आँधीमा परी ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ ।

बिहीबारदेखि जमीनमा प्रवेश गरेको राइ नामक शक्तिशाली आँधीमा परी ७५ जनाको मृत्यु भएको फिलिपिन्सका अधिकारीहरूले बताएका छन् । स्थानीय भाषामा हायन पनि भनिने राइ आँधी फिलिपिन्समा आउने आँधीमध्ये सबैभन्दा शक्तिशाली र एवं विनाशकारी मानिन्छ ।

फिलिपिन्सको मध्य एवं दक्षिण क्षेत्रमा राइ आँधीले व्यापक क्षति गरेको छ । चर्चित पर्यटकीय गन्तव्य बोहोलका गभर्नर आर्थर यापले उक्त टापूमा मात्रै ४९ जनाको मृत्यु भएको बताएका छन् । १० जना मानिस अझै हराइरहेको उनको भनाइ थियो । राइ आँधीले सायरगाओ, दिनागत, मिन्‍डानाओ टापूमा समेत विध्वंश मच्चाएको छ ।

आँधीले बिजुलीका पक्की पोल भत्काउँदा कैयौं क्षेत्रमा सञ्चार एवं विद्युत अवरुद्ध भएको छ । आँधी प्रभावित क्षेत्रका ३ लाखभन्दा बढी मानिसले आफ्नो छोडेर अन्यत्र गइसकेको अलजजिराले बताएको छ ।

आँधीबाट अति प्रभावित क्षेत्रमा सेना, प्रहरी, अग्नि नियन्त्रक र तट रक्षकसहितले उद्दार तथा खोजी कार्य जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?