+
+

ह्वावे स्टार्टअप आईसीटी अवार्ड २०२१ का टप ५ फाइनलिस्ट पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १५:०४

काठमाडौं । ह्वावेले ह्वावे स्टार्टअप आईसीटी अवार्ड विधाका टफ ५ फाइनलिस्टलाई पुरस्कृत गरेको छ । काठमाडौंको द सोल्टी होटलमा आयोजित कार्यक्रममा टफ ५ फाइनलिस्टलाई पुरस्कृत गरिएको हो ।

खेती भेन्चर प्रालिलाई ३ हजार डलर बराबरको ह्वावे क्लाउड पुरस्कार, सोही विधाका अन्य फाइनालिस्टलाई ५ सय डलरका दरले ह्वावे क्लाउड पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ।

ह्वावे क्लाउडका प्रमुख इभान मोले फाइनालिस्टलाई दिँदै नेपालमा स्टार्टअपको वृद्धि भएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम झाङलाई आईसीटी अवार्ड र समग्र नेपालको आईसीटी क्षेत्रलाई ह्वावेले निरन्तर सहायता पुर्याइरहेकोमा प्रशंसापत्र हस्तान्तरण गरेका थिए ।

नेपालमा आईसीटी उद्योगको विकासलाई प्रवर्द्धन गर्ने आफ्नो दृष्टिकोणमा अडिग रहँदै ह्वावेले नेपालमा आईसीटी उद्योगको विकासलाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?