+
+

सुपर कावेली खोला ए र सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता एनएमबी बैंक

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १४:२४

५ पुस, काठमाडौं । एनएमबी बैंकले सुपर कावेली खोला ‘ए’ र सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुको मुख्य लगानीकर्ता बनेको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै क्रमशः १३.५ मेगावाट र १२ मेगावाट क्षमताको दुवै आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको जनाएको हो ।

स्नो रिभर्स प्रालि र हिल्टन हाइड्रो इनर्जी प्रालिले सुपर कावेली खोला–ए जलविद्युत आयोजना र सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजना निर्माण गरिरहेको हो ।

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकामा निर्माण भइरहेको दुवै आयोजनाहरुमा एनएमबी बैंक अगुवा बैंकको रुपमा रहेको विज्ञप्तिमा उल्लेख छ । सह वित्तीयकरणमा सहभागी अन्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ ।

१३.५ मेगावाट (सुपर कावेली खोला – ए जलविद्युत आयोजना) र १२ मेगावाट (सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजना) क्षमता भएको आयोजनाहरुको कुल लागत क्रमशः रु २ अर्ब ४१ करोड तथा रु. २ अर्ब १४ करोड रहेको छ । जसमध्ये बैकहरुको लगानी क्रमश रु. १ अर्ब ८९ करोड तथा रु. १ अर्ब ६७ करोड रहने विज्ञप्तिमा उल्लेख छ ।

दुवै आयोजनासहित एनएमबी बैंकले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?