+
+

२०६५ मत गन्दा डिला पहिलो, रंगमती नवौं स्थानमा

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको महिला क्लस्टरको मतगणना चलिरहेको छ । पार्टी कार्यालय सानेपामा २०६५ मत गणना हुँदा डिला संग्रौलाले अग्रता कायम राखेकी छन्

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १६:२२

५ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको महिला क्लस्टरको मतगणना चलिरहेको छ । पार्टी कार्यालय सानेपामा २०६५ मत गणना हुँदा डिला संग्रौलाले अग्रता कायम राखेकी छन् ।

उनले १२६८ मत पाएकी छन् । त्यस्तै पुष्पा भुसालले ११९६, आरजु राणाले १११६, अम्बिका बस्नेतले ९९८, ईश्वरी न्यौपानेले ९८५, सरिता प्रसाईंले ९४९, रमा कोइरालाले ८१३, सुशीला ढकालले ७९४, रंगमती शाहीले ७८० र अनिता देवकोटाले ७७४ मत पाएका छन् ।

महिला क्लस्टरमा ९ केन्द्रीय सदस्यका लागि ३० जनाबीच प्रतिस्पर्धा भएको छ । आइतबार नै मधेसी, थारु, मुस्लिम, प्रदेश १ र वागमती प्रदेशको केन्द्रीय सदस्य पदको मतगणना पनि भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?