
५ पुस, काठमाडौं । प्रमोद खरेलको स्वर रहेको ‘विदेश’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतको भिडियोमा अभिनेता पल शाहको अभिनय छ ।
सरला श्रेष्ठको शब्द, कृति न्यौपानेको संगीत र पुरुषोत्तम सुवेदीको एरेञ्ज रहेको गीतले राष्ट्रभाव बोकेको छ । जीविकोपार्जनका लागि विदेशिन बाध्य एक युवकले मातृभूमि सम्झेर व्यक्त गरेका भाव गीत र भिडियोमा प्रस्तुत गरिएको छ ।
सुब्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा पलसँगै सुवर्णजंग श्रेष्ठ र तुलसीदेवी श्रेष्ठको विशेष भूमिका छ । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । आइतबार सार्वजनिक गीतको भिडियोले युट्युबमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4