
५ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महिला आरक्षण कोटाबाट ९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
सोमबार सार्वजनिक मत परिणाम अनुसार डिला संग्रौला पन्त सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भएकी छन् । उनले २८८५ मत पाइन् । त्यसपछि पुष्पा भुसाल २७१८, आरजु राणा देउवा २५३६, अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९ मत ल्याएर निर्वाचित भएका छन् ।
त्यस्तै सरिता प्रसाईंले २०९६, रमा कोइराला पौडेल १८५८, सुशीला ढकाल आचार्य १८०४ र रंगमती शाही १७८९ मत ल्याएर निर्वाचित भए । महिलातर्फको केन्द्रीय सदस्य ९ पदका लागि ३० जनाले उम्मेदवारी दिएका थिए ।
हेर्नुहोस् कसले कति मत पाए ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4