+
+

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो

मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १२:३१

६ पुस, काठमाडौं। मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावल सुनको मूल्य तालोमा ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावल सुनको प्रतितोला मूल्य ९३ हजार ८ सय रुपैयाँ थियो ।

मंगलबार तेजावी सुनको मूल्‍य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यस्तै सोमबार तोलामा एक हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य मंगलबार (आज) घटेर एक हजार २ सय ३५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?