+
+

निमावि तहमा २,५९८ शिक्षकका लागि विज्ञापन खुल्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते २१:१२

६ पुस, काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षकमा बुधबार विज्ञापन गर्ने भएको छ ।

विज्ञापन प्रकाशनको लागि सूचना गोरखापत्रमा पठाइसकेको र आयोगको वेबसाइटमा भोलि राख्ने आयोगका प्रवक्ता सुदर्शन मरहट्टाले जानकारी दिए । उनका अनुसार २ हजार ५९८ शिक्षकका लागि विज्ञापन हुँदैछ ।

इच्छुक उम्मेदवारले माघको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।

आयोगले माध्यमिक तहमा मंसिर २९ गते विज्ञापन खुला गरेको थियो । माध्यमिक तहमा पुस २९ सम्म तोकिएको दस्तुर र माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ । मावि तहको परीक्षा चैत १५ गतेलाई तोकिएको छ ।

प्रावि तहको शिक्षक पदको विज्ञापन पनि पुस १५ भित्र प्रकाशन हुने आयोगको भनाइ छ ।

चैत १९ गतेसम्म परीक्षा सक्ने

आयोगले चैतको १९ गतेसम्म खुला तर्फको शिक्षक पदको परीक्षा सक्ने तयारी गरेको छ । एसईईसँग शिक्षकको परीक्षा नजुध्ने र नसार्ने गरी तयारी भइरहेको आयोगले जनाएको छ ।

त्यसका लागि राष्ट्रिय परीक्षा बोर्ड र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आयोगले समन्वय गरिदिन आग्रह गरेको सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताए । उनले भने ‘सायद नजुध्ला बोर्डका सदस्यज्यू र मन्त्रालयका सचिवज्यूले समन्वय गर्नुभएको छ ।’

मावि तहमा आवेदन दिने शिक्षकले निमावि अथवा प्रावि तहमा पनि आवेदन दिन सक्ने सम्भावना भएकोले परीक्षा एक–एक दिनको फरक पारेर लिने आयोगको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?