+
+

सेन्ट्रल जोन पुरुष भलिबल : माल्दिभ्स नआउने, नेपालको पहिलो खेल बंगलादेशसँग

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १२:३९

७ पुस, काठमाडौं । बंगलादेशमा बिहीबारदेखि सुरु हुने एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्यालेन्ज कपमा माल्दिभ्स सहभागी नहुने भएको छ ।

यसअघि पाँच टिमले प्रतिस्पर्धा गर्ने तय भए पनि माल्दिभ्स नआउने भएपछि अब चार टिमबीच मात्र प्रतिस्पर्धा हुनेछ । जसमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र उज्वेकिस्तान छन् ।

नेपाली टिमका व्यवस्थापक मंगल श्रेष्ठले माल्दिभ्स नआउने र चार टिमबीच प्रतिस्पर्धा हुने ढाकाबाट जानकारी दिएका हुन् ।

कम्तीमा शीर्ष तीनमा रहेर पदक जित्ने लक्ष्यसहित बंगलादेश पुगेको नेपालका लागि माल्दिभ्स नआउने भएपछि केही सहज बनेको छ।

यसअघि नेपालले पहिलो खेलमा उज्वेकिस्तानसँग खेल्ने तय थियो । तर अब माल्दिभ्स नआउने भएपछि आयोजकले नयाँ खेलतालिका प्रकाशित गरेको छ । जसअनुसार अब नेपालले बिहीबार पहिलो खेलमा घरेलु टोली बंगलादेशसंग खेल्ने भएको छ ।

राउण्ड रोविनका आधारमा हुने प्रतियोगितामा नेपालले शुक्रबार उज्वेकिस्तान र आइतबार श्रीलंकासँग खेल्नेछ ।

माल्दिभ्स नखेल्ने भएपछि नेपालले पदक जित्ने सम्भावना बढेको व्यवस्थापक मंगल श्रेष्ठले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?