
७ पुस, काठमाडौं । बम्पर लाभांश घोषणा पछि हिमालयन डिष्टिलरीले शेयर मूल्य बुधबार ‘सर्किट’ लेभलमा कारोबार भएको छ । कम्पनीले आफ्ना शेयरधनीहरुका लागि गत वर्षको सञ्चित मूनाफाबाट शतप्रतिशत लाभांश घोषणा गरेको छ ।
मंगलबार बसेको कम्पनीको सञ्चालक समितिले ७५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश गरी १०० प्रतिशत लभांश वितरण गर्ने निर्णय गरेको थियो । यो निर्णयपछि बुधबार कारोबार खुला भएसँगै यस कम्पनीको शेयरमा आकर्षण देखिएको थियो ।
कुनै एक कम्पनीको शेयर मूल्य एकैदिन १० प्रतिशतभन्दा बढी घटबढ हुन नसक्ने नियम छ । बम्पर लाभांश घोषणा पछि कम्पनीको मूल्य १० प्रतिशतसम्म बढाएर किनबेच (सर्किट लेभलमा कारोबार) भइरहेको छ ।
मंगलबार २ प्रतिशतभन्दा धेरैले बढेर ६ हजार ५ सय २८ रुपैयाँ पुगेको थियो । बुधबार १० प्रतिशतसम्म अर्थात ६ हजार ९ सय ९० रुपैयाँसम्ममा कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4