+
+

सभामुख पार्टीको विशेष दूतजस्तो भए : एमाले सचिव भट्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १८:२९

७ पुष, धनगढी । नेकपा एमालेका सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको बताएका छन् ।

प्रेस चौतारी कैलालीले बुधबार धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उनले सापकोटाले सभामुखका रुपमा नभई कुनै पार्टीको दूतको रुपमा काम गरेका कारण संसदको गतिरोध अन्त्य हुन नसकेको बतए ।

‘नेकपा एमालेले उठाएका माग सम्बोधन गरिनुपर्छ भनेर हामीले संसदमा विरोध जारी राखेका छौं,’ सचिव भट्टले भने, ‘तर सभामुुखले सभामुखको रुपमा नभएर पार्टीको विशेष दूत बनेर काम गरिराखेका छन् । संसदीय मर्यादा कसरी कायम राख्ने ? कसरी चलाउने भन्ने ज्ञान समेत उहाँमा छैन ।’

सचिव भट्टले दल विभाजन अध्यादेश ल्याएर पार्टी फुटाई गलत नजीर स्थापित गरिएको पनि टिप्पणी गरे । ‘अहिलेको गठबन्धन सरकार प्रतिगमनलाई ठीक पार्‍यौं भनेको देखिन्छ । तर सरकार आफैं प्रतिगमनको बाटोमा हिँडेको छ,’ भट्टले भने, ‘अध्यादेशबाट ४० प्रतिशतलाई २० प्रतिशत बनाएर पार्टी फुटाउँदै पुनः ४० प्रतिशतमै पुर्‍याउने गलत नजीर स्थापित भएको छ । यो भविष्यका लागि राम्रो पक्ष होइन ।’

सचिव भट्टले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) सम्बन्धी सम्झौता पारित गर्न अहिलेको सरकारसँग बहुमत भएकाले एमालेले तत्काल निर्णय नगर्ने प्रतिक्रिया दिए ।

‘हाम्रो अध्यक्षले स्पष्ट रुपमा भन्नुभएको छ, गठबन्धन सरकारसँग १६५ जना सांसद छन् । उहाँहरुले एमसीसी सदनमा टेबुल गर्नुहुन्छ, एमालेले आवश्यक परेमा त्यसपछि मात्र निर्णय गर्छ,’ उनले भने, ‘यो विषयमा हामी प्रष्ट छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?