+
+

श्रीलंकालाई हराएपछि नेपाली प्रशिक्षकले भने : अन्त्यन्तै दबावमा खेल्नुपर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते १५:३८

८ पुस, काठमाडौं । एसियन सेन्ट्रल जोन महिला भलिबलमा श्रीलंकाविरुद्धको खेल जितेपछि नेपाली प्रशिक्षक जगदीश भट्टले पहिलो खेलमा दबाव परेको प्रतिक्रिया दिए ।

श्रीलंकामाथिको पुनरागमन जितपछि उनले भने, ‘यसअघि श्रीलंकालाई साउथ एसियन गेममा हराएको हुनाले हामीलाई जित्ने पर्ने दबाव थियो नै । हाम्रो खेलाडी सुरूआती दुई सेट अत्यन्तै दबावमा खेल्नुपर्‍यो ।’

बंगलादेशमा एसियन सेट्रल जोन महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-२ को सेटमा हराएको थियो । नेपालले सुरुको दुई सेट गुमाएर पछाडिको तीन सेट जितेको थियो ।

‘सुरुवाती सेटमा स्वाभाविक खेलको २० प्रतिशत खेल पनि खेल्न सकेनौं । सोही कारण सुरुआती दुई सेट गुमाउनुपर्‍यो । यद्यपि, म टोलीको प्रदर्शनमा सन्तुष्ट छैन । सर्भिस, स्पाइक र रिसिभको प्वाइन्ट अफ भ्यूबाट सन्तुष्ट छैन’ उनले भने । नेपालले शुक्रबार माल्दिभ्ससँग दोस्रो खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?