+
+

घरायसी विवादमा चिर्पटले हानेर श्रीमानको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते १७:५५
फाइल तस्वीर

८ पुस, सिरहा । जिल्लाको धनगढीमाइ नगरपालिका-१४ मरानमा ४० वर्षीय टेकबहादुर बिकको उनकै श्रीमतीको कुटपिटबाट बिहीबार बिहान मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुबास बुढाथोकीका अनुसार आपसी विवाद हुँदा श्रीमतीले दाउराको चिरपटले टाउकोमा हिर्काउँदा   टेकबहादुर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि आरके मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्‍यु भएको हो ।

इलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनकी ३५ वर्षीया श्रीमती हर्कमायालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भबइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?