+
+

कांग्रेसमा आदिवासी जनजातितर्फ १५ केन्द्रीय सदस्य निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते १८:३२

८ पुस, काठमाडौं । नेपाली कांग्रेसमा आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ । आदिवासीतर्फ खुला र महिला गरी १५ केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो ।

खुलातर्फ ८ र महिलातर्फ ७ पदका लागि भएको निर्वाचनमा १४ जना संस्थापन समूहका उम्मेदवारहरु विजयी भएका छन् । खुलातर्फ चीनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुर सिंह लामा, टेकबहादुर गुरुङ, दिलमान पाख्रिन, तारामान गुरुङ, आङ्गेलु शेर्पा र टेकप्रसाद गुरुङ विजयी भएका छन् ।

टेकप्रसाद गुरुङ संस्थापनइतर समूहका उम्मेदवार हुन् । बाँकी ७ विजयी उम्मेदवार सभापति शेरबहादुर देउवा समूहबाट निर्वाचित भएका हुन् ।

त्यस्तै महिलातर्फ सातै जना देउवा समूहका निर्वाचित भएका छन् । निर्वाचित हुनेमा सीता गुरुङ, अञ्जनी श्रेष्ठ, सरस्वती वजिमय, गंगालक्ष्मी अवाल, माया राई, सीता कुमारी राना र सुशीला थिङ रहेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

उनीहरुको मतसहितको विवरण भने निर्वाचन समितिले सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?