+
+

यस्तो बन्यो देउवाको नेतृत्वमा कांग्रेस केन्द्रीय समिति

निर्वाचनबाट चयन हुने १३४ पदमध्ये पदाधिकारी र केन्द्रीय सदस्य गरी देउवा समूहका १०९ उम्मेदवार निर्वाचित भएका छन् ।

खगेन्द्र भण्डारी खगेन्द्र भण्डारी
२०७८ पुष ८ गते २१:०५

८ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाविधेशनको बिहीबार मतगणना सकिएसँगै केन्द्रीय कार्यसमितिका १३४ जनाको टुंगो लागेको छ । सभापतिसहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन भएका छन् ।

विधान अनुसार १६७ सदस्यीय हुने केन्द्रीय कार्यसमितिका बाँकी ३३ जना मनोनीत हुनेछन् ।

पदाधिकारीमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री महाधिवेशनबाट निर्वाचनबाट आएका छन् । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनीत हुनेछन् ।

केन्द्रीय सदस्यमा खुलाबाट ३५ जना, महिला नौ, भूगोलतर्फ प्रत्येक प्रदेशबाट एक महिलासहित तीन गरी सात प्रदेशबाट २१ जना, अपांगता, अल्पसंख्यक र पिछडिएको क्षेत्रबाट एक–एक जना, मधेशी नौ जना निर्वाचित भएका छन् । त्यस्तै थारु चार, मुस्लिम तीन, दलित नौ, आदिवासी जनजाति १५ र खसआर्य १३ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

मंसिर २४–२७ सम्म भएको कांग्रेस महाधिवेशनमा मंसिर २७ गते मतदान भएको थियो ।

कार्यसमितिमा देउवाको दुई तिहाइ

१३ पदाधिकारीसहित १३४ पदमध्ये संस्थापन समूहले दुई तिहाई भन्दा बढी पदमा जित हासिल गरेको छ । पदाधिकारी र केन्द्रीय सदस्य गरी देउवा समूहका १०९ उम्मेदवार विजयी भएका छन् । यो संख्या ८१ प्रतिशतभन्दा बढी हो । इतर समूहबाट २३ जना निर्वाचित भएका छन् ।

खुला केन्द्रीय सदस्यमा सर्वाधिक मतसहित निर्वाचित डा. शशांक कोइराला साझा उम्मेदवार थिए । त्यस्तै मधेशी महिलातर्फ केन्द्रीय सदस्यमा विजयी मुक्ताकुमारी यादव पनि देउवा र कोइरालाको नाम पनि देउवा र कोइराला समूहमा थियो । उनले महाधिवेशनमा सर्वाधिक मत पाएकी हुन् ।

संस्थापन इतर समूहबाट निर्वाचित २३ मध्ये २१ जना कोइराला निकट हुन् भने महामन्त्रीमा विजयी विश्वप्रकाश शर्मा सभापतिका उम्मेदवार प्रकाशमान सिंह समूहका हुन् ।

बागमतीबाट केन्द्रीय सदस्य निर्वाचित राजेन्द्र केसी (राजन) कोइराला र सिंह दुबै समूहका उम्मेदवार थिए । पदाधिकारीमा दुई उपसभापतिमध्ये एक र महामन्त्रीमा दुबै पद गुमाएको संस्थापन समूहले आठ सहमहामन्त्रीमध्ये ६ वटामा विजयी भएको थियो ।

त्यस्तै खुला ३५ केन्द्रीय सदस्यमा देउवा समूहले २५ सिटमा जित हासिल गरेको छ । महिलातर्फ नौ मध्ये ८ सिटमा संस्थापन समूह नै विजयी भएको हो ।

भूगोल (सात वटै प्रदेश) बाट एक महिलासहित तीन जना गरी २१ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा संस्थापन समूहबाट १८ जना निर्वाचित भएका छन् । कोइराला समूहबाट प्रदेश एकबाट राजीव कोइराला विजयी भए भने गण्डकीबाट कृष्णचन्द्र नेपाली केन्द्रीय सदस्यमा निर्वाचित भए । त्यस्तै बागमतीबाट निर्वाचित राजेन्द्रकुमार केसी (राजन) प्रकाशमान सिंह र कोइरालाको प्यानलमा थिए ।

मुस्लिमतर्फ एक महिलासहित तीन सिटका लागि भएको निर्वाचनमा सबै उम्मेदवारी संस्थापन समूहका विजयी भएका छन् । त्यस्तै थारुतर्फ दुई महिलासहित चार सिटमा संस्थापन समूहका उम्मेदवारहरु विजयी भएका छन् । अल्पसंख्यक, पिछडिएको क्षेत्र र अपांगताबाट पनि केन्द्रीय सदस्यमा देउवा समूहका उम्मेदवार विजयी भएका छन् ।

मधेशी खुलातर्फ पाँच सिटमध्ये संस्थापन समूहबाट चार जना विजयी भएका छन् भने मधेशी महिलामा चार सिटका लागि भएको निर्वाचनमा संस्थापन समूहले जित हासिल गरेको छ । मधेशी महिलातर्फ विजयी मुक्ताकुमारी यादव संस्थापन र कोइराला दुबै समूहको उम्मेदवारको सूचीमा परेकी थिइन् ।

आदिवासी जनजातितर्फ खुला र महिला गरी १५ पदका लागि भएको निर्वाचनमा संस्थापनइतर समूहका एक जना उम्मेदवार मात्रै विजयी भएका छन् । आदिवासी जनजातितर्फ विजयी भएका टेकप्रसाद गुरुङ कोइराला समूहबाट उम्मेदवार बनेका थिए । बाँकी १४ जना संस्थापन समूहबाट निर्वाचित भएका हुन् । त्यस्तै दलिततर्फ केन्द्रीय सदस्यमा निर्वाचित ९ मध्ये आठ जना संस्थापन समूहबाट विजयी भएका हुन् । प्रकाश रसाइली स्नेही कोइराला समूहबाट विजयी भएका हुन् ।

खस आर्यतर्फ १३ पदका लागि भएको निर्वाचनमा २ जना कोइराला समूहबाट विजयी भएका छन् । बाँकी विजयी उम्मेदवार संस्थापन समूहका हुन् । कोइराला समूहबाट खसआर्य खुलातर्फ मधु आचार्य विजयी भएका छन् भने खसआर्य महिलातर्फ प्रतिमा गौतम निर्वाचित भएकी हुन् ।

हेर्नुहोस् केन्द्रीय पदाधिकारी र सदस्यको सूची

क्र सं नाम पद क्लस्टर समूह
शेरबहादुर देउवा सभापति संस्थापन समूह
पूर्णबहादुर खड्का उपसभापति संस्थापन समूह
धनराज गुरुङ उपसभापति कोइराला समूह
गगनकुमार थापा महामन्त्री कोइराला समूह
विश्वप्रकाश शर्मा महामन्त्री सिंह समूह
फरमुल्लाह मन्सुर सहमहामन्त्री मुस्लिम संस्थापन समूह
जीवन परियार सहमहामन्त्री दलित कोइराला समूह
डीना उपाध्याय सहमहामन्त्री महिला संस्थापन समूह
किशोरसिंह राठौर सहमहामन्त्री खसआर्य संस्थापन समूह
१० भीष्म आङदेम्ब सहमहामन्त्री आदिवासी जनजाति संस्थापन समूह
११ बद्री पाण्डे सहमहामन्त्री पिछडिएको क्षेत्र कोइराला समूह
१२ उमाकान्त चौधरी सहमहामन्त्री थारु संस्थापन समूह
१३ महेन्द्र यादव सहमहामन्त्री मधेशी संस्थापन समूह
१४ डा. शशांक कोइराला केन्द्रीय सदस्य खुला तटस्थ
१५ एनपी साउद केन्द्रीय सदस्य खुला संस्थापन समूह
१६ बालकृष्ण खाँण केन्द्रीय सदस्य खुला संस्थापन समूह
१७ उदयशम्शेर राणा केन्द्रीय सदस्य खुला संस्थापन समूह
१८ रामहरि खतिवडा केन्द्रीय सदस्य खुला संस्थापन समूह
१९ ज्ञानेन्द्रबहादुर कार्की केन्द्रीय सदस्य खुला संस्थापन समूह
२० रमेश लेखक केन्द्रीय सदस्य खुला संस्थापन समूह
२१ शंकर भण्डारी केन्द्रीय सदस्य खुला संस्थापन समूह
२२ जिपछिरिङ लामा केन्द्रीय सदस्य खुला संस्थापन समूह
२३ अर्जुन नरसिंह केसी केन्द्रीय सदस्य खुला कोइराला समूह
२४ जीतजंग बस्नेत केन्द्रीय सदस्य खुला संस्थापन समूह
२५ गोपालमान श्रेष्ठ केन्द्रीय सदस्य खुला संस्थापन समूह
२६ मोहनबहादुर बस्नेत केन्द्रीय सदस्य खुला संस्थापन समूह
२७ सुनीलबहादुर थापा केन्द्रीय सदस्य खुला संस्थापन समूह
२८ नैनसिंह महर केन्द्रीय सदस्य खुला संस्थापन समूह
२९ दिलेन्द्रप्रसाद बडु केन्द्रीय सदस्य खुला कोइराला समूह
३० डा. रामशरण महत केन्द्रीय सदस्य खुला कोइराला समूह
३१ बलबहादुर केसी केन्द्रीय सदस्य खुला कोइराला समूह
३२ गोविन्द भट्टराई केन्द्रीय सदस्य खुला संस्थापन समूह
३३ कुन्दनराज काफ्ले केन्द्रीय सदस्य खुला संस्थापन समूह
३४ दीपक गिरी केन्द्रीय सदस्य खुला कोइराला समूह
३५ सुरेन्द्रराज पाण्डे केन्द्रीय सदस्य खुला संस्थापन समूह
३६ पद्मनारायण चौधरी केन्द्रीय सदस्य खुला संस्थापन समूह
३७ राजीव ढुंगाना केन्द्रीय सदस्य खुला संस्थापन समूह
३८ गुरु बराल केन्द्रीय सदस्य खुला संस्थापन समूह
३९ सञ्जयकुमार गौतम केन्द्रीय सदस्य खुला कोइराला समूह
४० गोविन्दराज पोखरेल केन्द्रीय सदस्य खुला कोइराला समूह
४१ मदनबहादुर अमात्य केन्द्रीय सदस्य खुला संस्थापन समूह
४२ अजयबाबु शिवाकोटी केन्द्रीय सदस्य खुला कोइराला समूह
४३ गणेश लामा केन्द्रीय सदस्य खुला संस्थापन समूह
४४ दिनेश कोइराला केन्द्रीय सदस्य खुला कोइराला समूह
४५ उमेशजंग रायमाझी केन्द्रीय सदस्य खुला संस्थापन समूह
४६ मोहन आचार्य केन्द्रीय सदस्य खुला संस्थापन समूह
४७ गोपाल दहित केन्द्रीय सदस्य खुला संस्थापन समूह
४८ कृष्णकिशोर घिमिरे केन्द्रीय सदस्य खुला संस्थापन समूह
४९ डिला संग्रौला (पन्त) केन्द्रीय सदस्य महिला संस्थापन समूह
५० पुष्पा भुसाल केन्द्रीय सदस्य महिला संस्थापन समूह
५१ आरजु राणा देउवा केन्द्रीय सदस्य महिला संस्थापन समूह
५२ अम्बिका बस्नेत केन्द्रीय सदस्य महिला संस्थापन समूह
५३ ईश्वरी न्यौपाने केन्द्रीय सदस्य महिला संस्थापन समूह
५४ सरिता प्रसाईं केन्द्रीय सदस्य महिला कोइराला समूह
५५ रमा कोइराला पौडेल केन्द्रीय सदस्य महिला संस्थापन समूह
५६ सुशीला ढकाल आचार्य केन्द्रीय सदस्य महिला संस्थापन समूह
५७ रंगमती शाही केन्द्रीय सदस्य महिला संस्थापन समूह
५८ महेन्द्रकुमारी लिम्बू केन्द्रीय सदस्य प्रदेश एक संस्थापन समूह
५९ अमृत अर्याल केन्द्रीय सदस्य प्रदेश एक संस्थापन समूह
६० राजीव कोइराला केन्द्रीय सदस्य प्रदेश एक कोइराला समूह
६१ चित्रलेखा यादव केन्द्रीय सदस्य प्रदेश दुई संस्थापन समूह
६२ आनन्द ढुंगाना केन्द्रीय सदस्य प्रदेश दुई संस्थापन समूह
६३ रमेश रिजाल केन्द्रीय सदस्य प्रदेश दुई संस्थापन समूह
६४ उर्मिला केसी नेपाल केन्द्रीय सदस्य बागमती प्रदेश संस्थापन समूह
६५ ध्यानगोविन्द रञ्जित केन्द्रीय सदस्य बागमती प्रदेश संस्थापन समूह
६६ राजेन्द्र केसी (राजन) केन्द्रीय सदस्य बागमती प्रदेश कोइराला र सिंह समूह
६७ सरस्वती अर्याल तिवारी केन्द्रीय सदस्य गण्डकी प्रदेश संस्थापन समूह
६८ ध्रुव वाग्ले केन्द्रीय सदस्य गण्डकी प्रदेश संस्थापन समूह
६९ कृष्णचन्द्र नेपाली केन्द्रीय सदस्य गण्डकी प्रदेश कोइराला समूह
७० शीला खड्का केन्द्रीय सदस्य लुम्बिनी संस्थापन समूह
७१ देबेन्द्रराज कँडेल केन्द्रीय सदस्य लुम्बिनी संस्थापन समूह
७२ चन्द्रबहादुर केसी केन्द्रीय सदस्य लुम्बिनी संस्थापन समूह
७३ जानकी सिंह केन्द्रीय सदस्य कर्णाली संस्थापन समूह
७४ राजीवविक्रम शाह केन्द्रीय सदस्य कर्णाली संस्थापन समूह
७५ कर्णबहादुर बुढा केन्द्रीय सदस्य कर्णाली संस्थापन समूह
७६ सुशीला मिश्र भट्ट केन्द्रीय सदस्य सुदूरपश्चिम संस्थापन समूह
७७ डा. रणबहादुर रावल केन्द्रीय सदस्य सुदूरपश्चिम संस्थापन समूह
७८ यज्ञराज जोशी केन्द्रीय सदस्य सुदूरपश्चिम संस्थापन समूह
७९ मदनकृष्ण श्रेष्ठ केन्द्रीय सदस्य अपांगता संस्थापन समूह
८० प्रदीपकुमार सुनुवार केन्द्रीय सदस्य अल्पसंख्यक संस्थापन समूह
८१ अर्जुनजंग बहादुर सिंह केन्द्रीय सदस्य पिछडिएको संस्थापन समूह
८२ अजय चौरसिया केन्द्रीय सदस्य मधेशी संस्थापन समूह
८३ दिनेशकुमार यादव केन्द्रीय सदस्य मधेशी संस्थापन समूह
८४ महेन्द्रकुमार राय केन्द्रीय सदस्य मधेशी संस्थापन समूह
८५ विनोदकुमार चौधरी केन्द्रीय सदस्य मधेशी संस्थापन समूह
८६ डा. चन्द्रमोहन यादव केन्द्रीय सदस्य मधेशी कोइराला समूह
८७ नागिना यादव केन्द्रीय सदस्य मधेशी महिला संस्थापन समूह
८८ मञ्जुकुमारी यादव केन्द्रीय सदस्य मधेशी महिला संस्थापन समूह
८९ मीनाक्षी झा केन्द्रीय सदस्य मधेशी महिला संस्थापन समूह
९० मुक्ताकुमारी यादव केन्द्रीय सदस्य मधेशी महिला संस्थापन समूह
९१ अब्दुल रज्जाक केन्द्रीय सदस्य मुस्लिम संस्थापन समूह
९२ अब्दुल सतार केन्द्रीय सदस्य मुस्लिम संस्थापन समूह
९३ जावेदा खातुन जागा केन्द्रीय सदस्य मुस्लिम महिला संस्थापन समूह
९४ योगेन्द्र चौधरी केन्द्रीय सदस्य थारु संस्थापन समूह
९५ रामजनम चौधरी केन्द्रीय सदस्य थारु संस्थापन समूह
९६ कल्पना चौधरी केन्द्रीय सदस्य थारु महिला संस्थापन समूह
९७ जीवन राना केन्द्रीय सदस्य थारु महिला संस्थापन समूह
९८ मानबहादुर नेपाली केन्द्रीय सदस्य दलिततर्फ संस्थापन समूह
९९ नृपबहादुर वड केन्द्रीय सदस्य दलिततर्फ संस्थापन समूह
१०० हरिशरण नेपाली केन्द्रीय सदस्य दलिततर्फ संस्थापन समूह
१०१ मैकुलाल वाल्मीकी केन्द्रीय सदस्य दलिततर्फ संस्थापन समूह
१०२ प्रकाश रसाइली स्नेही केन्द्रीय सदस्य दलिततर्फ कोइराला समूह
१०३ लक्ष्मी परियार केन्द्रीय सदस्य दलिततर्फ संस्थापन समूह
१०४ सुजाता परियार केन्द्रीय सदस्य दलिततर्फ संस्थापन समूह
१०५ शान्ति परियार विक केन्द्रीय सदस्य दलिततर्फ संस्थापन समूह
१०६ रुपा विश्वकर्मा केन्द्रीय सदस्य दलिततर्फ संस्थापन समूह
१०७ सीता गुरुङ केन्द्रीय सदस्य आदिवासी जनजाति महिला संस्थापन समूह
१०८ अञ्जनी श्रेष्ठ केन्द्रीय सदस्य आदिवासी जनजाति महिला संस्थापन समूह
१०९ सरस्वती वजिमय केन्द्रीय सदस्य आदिवासी जनजाति महिला संस्थापन समूह
११० गंगालक्ष्मी अवाल केन्द्रीय सदस्य आदिवासी जनजाति महिला संस्थापन समूह
१११ माया राई केन्द्रीय सदस्य आदिवासी जनजाति महिला संस्थापन समूह
११२ सीता कुमारी राना केन्द्रीय सदस्य आदिवासी जनजाति महिला संस्थापन समूह
११३ सुशीला थिङ केन्द्रीय सदस्य आदिवासी जनजाति महिला संस्थापन समूह
११४ चीनकाजी श्रेष्ठ केन्द्रीय सदस्य आदिवासी जनजाति संस्थापन समूह
११५ उमेश श्रेष्ठ केन्द्रीय सदस्य आदिवासी जनजाति संस्थापन समूह
११६ बहादुर सिंह लामा केन्द्रीय सदस्य आदिवासी जनजाति संस्थापन समूह
११७ टेकबहादुर गुरुङ केन्द्रीय सदस्य आदिवासी जनजाति संस्थापन समूह
११८ दिलमान पाख्रिन केन्द्रीय सदस्य आदिवासी जनजाति संस्थापन समूह
११९ तारामान गुरुङ केन्द्रीय सदस्य आदिवासी जनजाति संस्थापन समूह
१२० आङगेलु शेर्पा केन्द्रीय सदस्य आदिवासी जनजाति संस्थापन समूह
१२१ टेकप्रसाद गुरुङ केन्द्रीय सदस्य आदिवासी जनजाति कोइराला समूह
१२२ केशवकुमार बुढाथोकी केन्द्रीय सदस्य खसआर्य संस्थापन समूह
१२३ गोविन्दबहादुर शाह केन्द्रीय सदस्य खसआर्य संस्थापन समूह
१२४ भीम पराजुली केन्द्रीय सदस्य खसआर्य संस्थापन समूह
१२५ मधु आचार्य केन्द्रीय सदस्य खसआर्य कोइराला समूह
१२६ श्यामकुमार घिमिरे केन्द्रीय सदस्य खसआर्य संस्थापन समूह
१२७ नारायणबहादुर कार्की केन्द्रीय सदस्य खसआर्य संस्थापन समूह
१२८ गेहेन्द्र गिरी केन्द्रीय सदस्य खसआर्य संस्थापन समूह
१२९ मञ्जु खाण केन्द्रीय सदस्य खसआर्य महिला संस्थापन समूह
१३० प्रतिमा गौतम केन्द्रीय सदस्य खसआर्य महिला कोइराला समूह
१३१ नानु बास्तोला केन्द्रीय सदस्य खसआर्य महिला संस्थापन समूह
१३२ कान्तिका सेजुवाल केन्द्रीय सदस्य खसआर्य महिला संस्थापन समूह
१३३ चम्पादेवी खड्का केन्द्रीय सदस्य खसआर्य महिला संस्थापन समूह
१३४ विद्यादेवी तिमिल्सिना केन्द्रीय सदस्य खसआर्य महिला संस्थापन समूह
लेखकको बारेमा
खगेन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?