+
+

यू-१९ एसिया कप : नेपालले आज बंगलादेशको सामना गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते ८:५४

९ पुस, काठमाडौं । युएईमा भइरहेको प्रतियोगिता एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्दैछ । समूह ‘बी’ मा रहेको नेपालले बंगलादेशको सामना गर्दै प्रतियोगिता सुरुवात गर्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे शारजहा क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालले यू-१९ एसिया कपमा अहिलेसम्म बंगलादेशलाई हराउन सकेको छैन । पछिल्लो पटक सन् २०१९ मा श्रीलंकामा भएको यू-१९ एसिया कपमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।

देव खनालको कप्तानीमा रहेको नेपाली टोली यस पटक टेष्ट नेशनलाई समेत हराउने लक्ष्यसहित युएई पुगेको छ । प्रशिक्षक बसन्त शाही ठकुरीले युएई जानुअघि टेष्ट नेशनलाई आश्चर्यचकित पार्ने लक्ष्य रहेको बताउँदै नकआउट चरणमा पुग्ने लक्ष्य रहेको बताएका थिए ।

समूह चरणमा नेपालले दुई टेष्ट राष्ट्र बंगलादेश र श्रीलंकासँग खेल्ने छ । यस्तै अर्को टिम कुवेत छ ।

प्रशिक्षक ठकुरीले समूहका कुनै टोलीलाई कमजोर नआँक्ने समेत बताएका छन् ।

राष्ट्रिय टिमबाट खेलिसकेका गुल्शन झासहित घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेका कप्तान देव, अर्जुन कुमाल, अर्जुन साउद, विवेक यादव लगायत खेलाडी नेपाली टिममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?