+
+

स्कोडाको नयाँ शोरुम विर्तामोडमा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते १२:३९

काठमाडौं । नेपालका लागि युरोपको अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले विर्तामोडमा नयाँ स्टेट–अफ–द–आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) शोरुम सञ्चालनमा ल्याएको छ ।

स्कोडाको नयाँ सोरुमको उद्घाटन विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईं र एमएडब्लु स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रुपमा गरेका थिए ।

ग्राहकको सुविधाका लागि स्कोडा सञ्जालको विस्तार गर्न विर्तामोडमा नयाँ शोरुम सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको एमएडब्लु स्कोडाका निर्देशक अग्रवाल बताए । विर्तामोडमा शोरुम स्थापना भएसँगै नेपालमा कम्पनीको उपस्थितिलाई झनै बलियो बनाउने अग्रवालले बताए ।

स्कोडाको नयाँ डिलर हलेसी अटोमोबाइलले पूर्वी नेपालमा स्कोडाको बिक्री र बिक्रीपछिको सेवाको जिम्मेवारी पाएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हलेसी अटोमोबाइलले दुई दिने विशेष ‘टेस्ट ड्राइभ इभेन्ट’ पनि आयोजना गर्ने हलेसी अटोमोबाइलकका प्रबन्ध निर्देशक चुडामणी पौडेलले जानकारी दिए । यो अवधिमा स्कोडा कार बुकिङ गर्ने ग्राहकले आकर्षक ‘क्यास डिस्काउन्ट’, निःशुल्क सडक कर, ‘एक्सचेन्ज बोनस’को सुविधा पाउने उनको भनाइ छ ।

नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लु स्कोडाले आफ्नो डिलर सञ्जाललाई विस्तार गर्दै आएको छ । एमएडब्लुले सन् २००८ देखि नेपालमा स्कोडा कार भित्र्याउन शुरु गरेको थियो ।

हाल पोेखरा, नारायणघाट, विराटनगर, बुटवल, जनकपुर, धनगढी र काठमाडौंमा स्कोडाको डिलरसिप रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?