+
+

महामन्त्रीमा मेरो हार अनपेक्षित : डा. महत

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते १६:३८
फाइल तस्वीर

९ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले महामन्त्रीमा आफ्नो हार अनपेक्षित भएको बताएका छन् । यद्यपि यसलाई स्वीकार गर्ने र कसैप्रति दोषारोपण नगर्ने उनले बताए ।

शुक्रबार पत्रकारहरूसँग भएको भेटघाटमा निर्वतमान सहमहामन्त्रीसमेत रहेका महतले भने,  ‘मैले सहयोग पाइनँ, यो अनेपेक्षित परिणाम आएको अरूलाई पनि लागेको छ । तर कसैलाई दोषारोपण गर्दिनँ, मेरै कमजोरी रह्यो होला ।’

कांग्रेस महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुँदा महत तेस्रो स्थानमा रहेका थिए । महामन्त्रीमा मात्र अनपेक्षित नतिजा आएको भन्दै महतले त्यसको समीक्षा हुने बताए ।

तर, पराजय भएपनि थप उर्जाका साथ देश र जनताको काम गर्ने उनले बताएका छन् । उनले भने, ‘म काम गर्ने मान्छे हुँ, काममा विश्वास गर्छु । भोलिका दिनमा अझ उत्साहका साथ काम गर्छु । पराजयले मलाई समयको सुविधा दिएको छ । यसको उपयोग गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?