
९ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेताहरुले पहाडैपहाड भएको मुलुकमा भ्यू टावर बनाउने हावादारी गफ गरेको बताएका छन् ।
नेपाल इन्जिनियर्स एशोसिएशनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईले त्यसलाई सच्याएर अघि बढन इन्जिनियरहरुलाई आग्रह गरे ।
उहाँले दक्षिण एशीयाली मुलुकहरु प्राविधिकहरुको नेतृत्वमा विकास र समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै उनले नेपालले पनि त्यसबाट सिकेर अघि बढनुपर्ने आवश्यक्ता औंल्याए ।
नेपालमा विकास, निर्माणलाई अघि बढनै नदिने खालका सोचहरु आईरहेको भन्दै चिन्ता समेत व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4