+
+

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १० गते १२:४०

१० पुस, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यहररूलाई प्रमाणपत्र वितरण गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो ।

गत मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न कांग्रेस महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट  केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन् ।

कांग्रेसको नयाँ विधानअनुसार यस महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री पदका लागि निर्वाचन भएको थियो । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी केन्द्रीय सदस्यहरुमध्ये ३५ खुला, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन तथा पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक र अपाङ्गताबाट एक/एक केन्द्रीय सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन भएको थियो । यसबाहेक कांग्रेस विधानमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने व्यवस्था उल्लेख छ ।

प्रमाणपत्र वितरण कार्यक्रम सकिए लगत्तै नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने तयारी गरिएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामै १ बजे बैठक बस्ने तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

तस्वीरहरू : शंकर गिरी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?