+

सेन्ट्रल जाेन पुरुष भलिबलमा नेपाल श्रीलंकासंग पराजित

२०७८ पुष  १० गते २०:३५ २०७८ पुष १० गते २०:३५
सेन्ट्रल जाेन पुरुष भलिबलमा नेपाल श्रीलंकासंग पराजित

१० पुस, काठमाडौं । बंगलादेशमा भइरहेकाे एसियन सेन्ट्रल जाेन पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले दाेस्राे हार बेहाेरेकाे छ । ढाकामा शनिबार भएकाे खेलमा नेपाल श्रीलंकासंग ३-१ काे सेटमा पराजित भयाे ।

श्रीलंकाले नेपाललाई २५-१८, २२-२५, २५-१६, २५-१५ को सेटमा पराजित गरेकाे हाे । श्रीलंकाकाे याे दोस्राे जित हाे । दुई खेल जितेका श्रीलंका र आयोजक बंगलादेशले ६ अंक जोडेको छ भने नेपालले ३ खेलबाट ३ अंक मात्र जोडेको छ ।

प्रतियोगितामा नेपालले आइतबार लिग चरणको अन्तिम खेलमा माल्दिभ्ससंग खेल्नेछ । ५ देश सहभागी प्रतियाेगितामा लिग चरणका खेलपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।

एसियन सेन्ट्रल जोन भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय