+
+

ब्रिगेड ब्वाइजलाई हराउँदै संकटा तेस्रो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १५:१३

११ पुस, काठमाडौं। उत्तम राईको दुई गोल मद्दतमा संकटा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा आइतबार ब्रिगेड ब्वाइज क्लबलाई ३-० ले पराजित गरेको छ ।

उत्तमसँगै लक्ष्मण रुचालले पहिलो हाफमा गरेको गोलमा ब्रिगेडमाथि प्रभावशाली जितपछि संकटा त्रिभुवन आर्मी एफसीलाई पछि पार्दै अंक तालिकामा तेस्रो स्थानमा समेत उक्लेको छ ।

जारी लिगमा साविक विजेता मछिन्द्र र साविक उपविजेता आर्मीसंगै संकटा पनि अपराजित छ । खेलको सुरुवात देखि नै ब्रिगेडमाथि दबाब बनाएको संकटाले १२औं मिनेटमा अग्रता लिएको थियो ।

जोर्डन जुनियर ओनाको पासमा उत्तम राईले हेड गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा उत्तमले नै फोडे फोफनाको क्रसमा व्यक्तिगत दोस्रो गोल गरेपछि संकटाले अग्रता दोब्बर बनायो ।

लगाता गोल खाएपछि ब्रिगेड दबाबमा पर्‍यो । संकटाले भने ३९औं मिनेटमा तेस्रो गोल गर्यो । दुई गोल गरेका उत्तम राईको पासमा लक्षमण रुचालले गोल गरेपछि संकटाले पहिलो हाफमै तीन गोलको अग्रता बनायो ।

दोस्रो हाफमा कुनै गोल हुन सकेन । ब्रिगेडले राष्ट्रिय टिमका पूर्व कप्तान अनिल गुरुङलाई दोस्रो हाफमा मैदान उतारेको थियो । ब्रिगेडमा सुधारिएको प्रदर्शन गरेपनि गोल फर्काउन सकेन ।

जारी सिजन तेस्रो जित हात पार्दै ६ खेलसम्म अपराजित रहेको संकटा १२ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । मछिन्द्र १४ अंकसहित शीर्ष स्थानमा रहँदा मनाङ मर्स्याङ्दी क्लब १३ अंकसहित दोस्रो स्थानमा छ ।

संकटासंग हारेपछि ब्रिगेड भने ११औं स्थानमा झरेको छ । एपीएफ समान ५ अंक रहेपनि खराब गोलअन्तरका कारण ब्रिगेड एक स्थान तल झरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?