११ पुस, काठमाडौं । सर्पले टोकेर अस्पताल भर्ना भएका भारतीय अभिनेता सलमान खान डिस्चार्ज भएका छन् । क्रिसमस मनाउन मुम्बईको पानवेलस्थित आफ्नो फार्म हाउसमा पुगेका बेला आइतबार उनलाई सर्पले डसेको हो ।
क्रिसमसको छुट्टी र आफ्नो ५६औं जन्मदिन मनाउन सलमान फार्म हाउस पुगेका थिए । उनलाई राति हातमा सर्पले टोकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सर्पले टोकेपछि सलमानलाई उपचारका लागि तत्कालै अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा करिब ६ घण्टाको उपचारपछि उनी आइतबारै डिस्चार्ज भएर फेरि फार्म हाउसमै फर्किसकेका छन् ।
जन्मदिन र छुट्टी मनाउन सलमान आफ्ना परिवारका सदस्यसँगै फार्म हाउस पुग्ने गरेका छन् । सलमानले गत वर्ष पनि आफ्नो जन्मदिन फार्म हाउसमै परिवारका सदस्यहरुका साथ मनाएका थिए ।
पानवेलको पहाडी इलाकामा रहेको उनको फार्म हाउस वन क्षेत्र नजिकै रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4