+
+

विदेश जानेलाई जोनसन खोप, कहाँ-कहाँ छन् खोप केन्द्र ? 

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १४:४५

१२ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने व्यक्तिलाई कोभिड–१९ विरुद्धको जोनसन एण्ड जोनसनको खोप दिने व्यवस्था मिलाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै एक डोज मात्रै लगाए हुने जोनसन एण्ड जोसन खोप विदेश जाने सबैलाई दिने जनाएको छ ।

मन्त्रालयले विदेश जाने नागरिकका लागि काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गएर खोप लगाउन सक्ने व्यवस्था मिलाएको हो ।

खोप लगाउन जाँदा पास्पोर्ट र भिसा अनिवार्य साथमा लिएर जानुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?