+
+

विद्युत् प्राधिकरण गौर शाखाले एक महिनामा २० लाख जरिवाना उठायो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १७:०५

१२ पुस, रौतहट। नेपाल विद्युत् प्राधिकरण गौर शाखाले एक महिनामा २० लाखभन्दा बढी रकम जरिवाना असुल गरेको छ ।

गौर शाखाले गत मंसिर महिनामा विद्युत् चोरी गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई कारबाही गर्दा २० लाख ३० हजार ५४० रुपैयाँ असुल गरेको हो । बिजुलीको तारमा हुकिंग गरी विद्युत् चोर्नेविरुद्ध प्राधिकरणले कारवाही गरिरहेको गौर शाखाका प्रमुख ईन्जीनियर विजय महतोले बताए ।

मिटर भए पनि विद्युत् चोर्ने १३ जना तथा मिटर नराखेर सिँधै बिजुली चोर्ने ११६ जनालाई कारवाही गरेको शाखाका प्रमुख विजय महतोले बताए । चुहावट गर्ने व्यक्तिहरूको साथबाट पानी तान्ने मोटर, विभिन्न विद्युतीय उपकरण तथा तारहरू बरामद गरेको उनले बताए ।

विद्युत‍्को मिटर बिनानै पोलको तारबाट हुकिङ्ग गरेर प्रयोग गरिरहेको अवस्थामा फेला परेपछि एक स्वास्थ्य चौकीलाईसमेत कारवाही गरिएको छ । धर्मपुरमा रहेको स्वास्थ्य चौकीले विद्युत् चोरेर प्रयोग गरेको भेटिएपछि ६० हजार ८०६ रुपैयाँ जरीवाना गरिएको शाखा प्रमुख महतोले बताए ।

विद्युत् सुविधा चाहिएका नयाँ ग्राहकहरूले माग गरेअनुसार नयाँ मिटर प्रदान गर्ने कार्य भइरहेकोले ग्राहकलाई असुविधा नभएको उनले बताए । ‘चुहावाट गरेर बिजुली प्रयोग गर्ने व्यक्ति तथा फर्महरूलाई धमाधम कारवाही गर्छौं ।’ शाखा प्रमुख महतोले भने,‘चुहावट नियन्त्रण गर्न प्राधिकरणको टोलीले जिल्लाका सबै स्थानहरूमा चेकजाँच गरिरहेको छ ।’

सुरक्षाकर्मीसहितको प्राधिकरण टोलीले गाँउघरमा विद्युत् चोरी गर्नेहरूलाई पक्राउ गरेर सामान जफत गर्ने र जरिवानासमेत गराउन थालेपछि जिल्लामा चुहावट कम हुन थालेको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?